Logo

आइएमई जनरल इन्स्योरेन्सको २४औं शाखा बौद्धमा, थप १७ शाखा खोल्दै

आइएमई जनरल इन्स्योरेन्सको २४औं शाखा बौद्धमा, थप १७ शाखा खोल्दै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले बौद्धमा नयाँ शाखा संचालनमा ल्याएको छ । कम्पनीले चाहविलको बौद्धमा आफ्नो २४ औं शाखा संचालनमा ल्याएको हो ।

उक्त शाखाको कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकालले उदेघाटन गरेका हुन् । शाखा उद्घाटन मारोहमा स्थानिय उद्योगी, व्यापारीहरु लयागत विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधीहरु, स्थानीय उद्योगी, व्यापारी, व्यावसायीहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

शाखाको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालज्यूले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहकलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी दिए । कम्पनीको आज उद्घाटन भएको शाखा सहित २४ वटा शाखा, २ वटा सम्पर्क कार्यालय तथा १० वटा सेवा काउण्टरहरु र प्रधान कार्यालय सहित ३७ स्थानबाट बीमा सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीले निकट भविष्यमानै थप १७ शाखा तथा उपशाखा कार्यालयहरु खोलेर ५४ स्थानबाट सेवा प्रदान गर्दै आफनो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै चुस्त सेवा प्रदान गर्ने जानकारी दिए ।

यसैगरी आईएमई जनरलका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले ग्राहकलाई सहज बीमा सेवा प्रदान गर्नको लागि सार्वजनिक विदाको दिनमा पनि बीमा सेवा प्रदान गर्ने गरी प्रधान कार्यालयन नक्शालबाट ३६५ दिने बीमा सेवा शुरु गरिएको जानकारी दिए । साथै कम्पनीले चालू आर्थिक बर्षको दोश्रो त्रैमासिकसम्म ४३ कारोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL