काठमाडौं । कोका–कोलाले यस बर्ष पनी मोः मोत्सव मनाएको छ । मो मोत्सवमा उपभोक्ताले बिभिन्न प्रकारको तातो–तातो मःमसँग चिसो कोका–कोलाको मज्जा लिन सक्ने कम्पनीले बताएको छ ।
कोका–कोलाले नेपालका प्रमुख रेष्टुरेन्टहरुका चेन तथा भोजनालयहरुसँगको सहकार्यमा तेस्रो ‘कोका–कोला मोःमोत्सव’ आयोजना गरेका हो ।
यस महोत्सवमा सहभागी कलाकार प्रियंका कार्की, स्वस्तिमा खड्का र बर्षा सिवाकोटी विभिन्न आउटलेटहरुको भ्रमण गर्नेछन् ।
उपत्यका बाहिर पोखरा र भरतपुरमा समेत उनिहरुको उपस्थिति रहने कमपनील्े जानकारी दिएको छ । यो अभियानले उपभोक्तालाई आफ्नो मनपर्ने कलाकारसँग भेट्ने र बसेर कोक र मःम खाने अवसर समेत प्रदान गर्दै आइरहेको छ ।
यस अभियान अन्र्तगत उपभोक्ताले देशभरीका विभिन्न आउटलेटहरुमा कोका कोला र मःम अर्डर गर्दा विशेष कम्बो छुट पाउने छन् । उक्त आउटलेटका नाम थाहा पाउन राष्ट्रिय दैनिक पत्रिका र आउटलेट बाहिर राखिने व्यानरहरु हेर्न कम्पनीले आग्रह गरेको छ ।
मोःमोत्सव काठमाडौं उपत्यका, पोखरा, चितवन, धरान, इटहरी र बिराटनगरका विभिन्न रेष्टुरेन्टहरु तथा भोजनालयहरुमा आयोजना हुँदैछ ।