काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो ११ औ वार्षिकोत्सवको अवसरमा विद्यार्थीलाई ज्याकेट वितरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत पर्वतकोे कुस्मामा रहेको शिवालय माध्यमिक विद्यालयका दृष्टिविहिन तथा फरक क्षमता भएका विद्यार्थीहरुलाई ज्याकेट वितरण गरेको हो ।
बैंकले ३५ जना दृष्टि बिहिन तथा फरक क्षमता भएका विद्यार्थीहरुहरुलाई बैंकको लोगो अंकित ज्याकेट वितरण गरेको हो । पारिवारिक आर्थिक अवस्था कमजोर भएका दृष्टि बिहिन तथा फरक क्षमता भएका विद्यार्थीहरुको जीवनयापनमा सहजता ल्याउने उद्देश्यले ज्याकेट वितरण गरिएको बैंकले जानकारी दिएको छ ।
बैंकले आफ्नो ११ औं बार्षिकोत्सवमा विभिन्न ११ वटा कार्यक्रमको आयोजना गर्ने क्रममा यसअघि रक्तदान तथा निःशुल्क मधुमेह परीक्षण, वित्तीय साक्षरताको लागि प्रभातफेरी, इन हाउस फुटसल तथा टेबल टेनिस को आयोजना गरिसकेको छ ।