काठमाडौं । मंगलबार नेप्से परिसुचक १७ दशमलब ३९ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १४ सय १३ दशमलब १७ अंकमा झरेर बन्द भएको हो ।
मंगलबार कारोबारमा आएका सबै समुहको परिसुचक ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । सो दिन जलविद्युत समुहको परिसुचक सबैभन्दा बढी १०० अंकले घटेको छ । त्यस्तै बीमा समुह ८८ दशमलब ६, माइक्रोफाइनान्स १७ दशमलब ७, विकास बैक १५ दशमलब ९८,बैंकिङ १२ दशमलब ३, अन्य ९ दशमलब १६ अंकले घटेको छ ।
त्यसैगरी होटल, फाइनान्स,उत्पादन र ट्रेडिङ समुहको परिसुचक क्रमशः ५ दशमलब २७, ३ दशमलब ९२, ३ दशमलब ३४, र २ दशमलब ८७ अंकले ओरालो लागेको छ ।
मंगलबार सानिमा माई जलविद्युत आयोजनाको सबैभन्दा बढी ५ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सो दिन १५४ ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको ८ लाख ११ हजार कित्ता सेयरबाट ३६ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।