काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोजकुमार ज्ञवाली नियुक्त भएका छन् । ज्योति बैंकको संचालक समितिको आईतबारको निर्णयले उनलाई सिईओमा नियुक्त गरेको हो ।
ज्ञवाली यस अघि ज्याति विकास बैंकमै डेपुटी सिईओको रुपमा कार्यरत थिए । बैंकका तत्कालिन सिईओ कृष्णबहादूर कुँबरले छाडेसँगै संचालक समितिले ज्ञवालीलाई सिईओमा नियुक्त गरेको हो ।