काठमाडौं । आइतबार नेप्से परिसुचक २४ दशमलब २० अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १३ सय ९० दशमलब ५० अंकमा झरेर बन्द भएको हो । बजारमा अधिकांश समुहको परिसुचक ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो ।
सो दिन अन्य समुहको परिसुचक सबैभन्दा बढी बीमा समुहको परिसुचक ८३ दशमलब ९ अंकले घटेको छ । ५५ दशमलब ८१ अंकले ओरालो लागेको छ ।
त्यस्तै माइक्रोफाइनान्स ३७ दशमलब ५२, विकास बैंक १६ दशमलब ७७, बैंकिङ १६ दशमलब ३५, जलविद्युत ५५ दशमलब ८१, जलविद्युत १२ दशमलब २६ अंकले ओरालो लागेको छ ।
त्यसैगरी उत्पादन,ट्रेडिङ र फाइनान्स समुहको परिसुचक क्रमशः ८,४ दशमलब ३९ र ३ दशमलब २१ अंकले घटेको हो ।
यता होटल समुहको परिसुचक भने ४ दशमलब ८८ अंकले बढेको छ ।
आइतबार १५८ ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको १८ लाख २५ हजार कित्ता सेयरबाट ५८ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।