Logo

रोकिएन नेप्से घट्ने क्रम, एकैदिन २१ अंकको पहिरो

रोकिएन नेप्से घट्ने क्रम, एकैदिन २१ अंकको पहिरो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मंगलबार नेप्से परिसुचक २० दशमलब ६४ अंक्ले ओरालो लागेको छ । सो दिन सेयर बजार १४ सय ४७ अंकमा झरेर बन्द भएको हो ।

मंगलबार कारोबारमा आएका अन्यबाहेक सबै समुहको परिसुचक ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो ।

सो दिन बीमा समहुको परिसुचक सबैभन्दा बढी १३८ दशमलब ८१ अंकले ओरालो लागेको छ । त्यस्तै विकास बैंक ३६ दशमलब ९१,जलविद्युत ३६ दशमलब ६२, माइक्रोफाइनान्स ३२ दशमलब ६७,होटल २३ दशमलब ४४ र सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक १८ दशमलब २१ अंकले घटेको हो ।

त्यस्तै फाइनान्स र ट्रेडिङ समुहको परिसुचक क्रमशः १६ दशमलब १६ र ४ दशमलब ७३ अंकले ओरालो लागेको छ । सो दिन अन्य समुह भने ६ दशमलब ९४ अंकले उकालो लागेको छ ।

मंगलबार स्ट्याण्डर्ड चाटर्ड बैंकको ८ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै दोश्रोमा नेपाल टेलिकमको ६ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

मंगलबार १ सय ५९ कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको १० लाख ३८ करोड कित्ता सेयरबाट ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्