काठमाडौं । जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको १४ औं राष्ट्रिय प्रदर्शनी पुस १३ गतेदेखि हुने भएको छ । ६ दिनसम्म चल्ने प्रदर्शनीको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उद्दघाटन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।
फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालले आयोजना गर्न लागेको प्रदर्शनीमा १५ प्रतिशतसम्मको छुटमा जुत्ता चप्पल उपलब्ध गराइने अध्यक्ष रविनकुमार श्रेष्ठले जानकारी दिए ।
यसपटक प्रदर्शनीलाई विक्रीमा लागि भन्दा पनि नयाँ डिजाइन सार्वजनिक गर्न लक्षित गर्ने उनले बताए । त्यस्तै अपांगमैत्री जुत्ताहरु मेलाका मख्य आकर्षण रहने उनले जानकारी दिए ।
प्रदर्शनीमा १३५ ओटा स्टल रहनेछन् । आयोजकले चलचित्रकर्मी निर शाहलाई प्रदर्शनीको प्रवद्र्धकका रुपमा चयन गरेको छ ।
मेलाको १ लाख भन्दा बढीले अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।
मेलामा उत्कृष्ट पेभिलियज सजावट गर्ने प्रायोजकहरुमध्य एक छानिने छ ।