काठमाडौं । आइतबार नेप्से परिसुचक ५ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १४ सय ६७ दशमलब १० अंकमा झरेर बन्द भएको हो ।
फाइनान्स बाहेक कारोबारमा आएका सबै समुहको परिसुचक ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक असर परेको देखिन्छ ।
सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी ३६ दशमलब ७८ अंकले घटेको छ । त्यस्तै विकास बैंक १५ दशमलव ८४, उत्पादन १३ दशमलब १२, होटल ९ दशमलब ५३, अन्य ८ दशमलब १, जलविद्युत ३ दशमलब ९१ र माइक्रोफाइनान्स समुुहको परिसुचक ३ दशमलब ३५ अंकले घटेको छ ।
सो दिन सेयर बजारमा बढी प्रभाव रहेको बैकिङ समुहको परिसुचक २ दशमलब ३ अंकले ओरालो लागेको छ । यता फाइनान्स समुहको परिसुचक भने ० दशमलब ३४ अंकले बढेको छ ।
आइतबार स्ट्याण्डर्ड चाटर्ड बैंकको सबैभन्दा बढी ८ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार १६१ कम्पनी कारोबारमा आएका थिए ।
ती कम्पनीको १४ लाख कित्ता सेयरबाट ५५ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।