Logo

निम्बसको व्यञ्जन तेललाई नेपाल गुणस्तर चिह्न प्रमाण–पत्र

निम्बसको व्यञ्जन तेललाई नेपाल गुणस्तर चिह्न प्रमाण–पत्र


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । निम्बसको खाने तेल ‘व्यञ्जन’ ले नेपाल गुणस्तर चिह्न प्रमाण–पत्र प्राप्त गरेको छ । बजारमा आएकबो छोटो अवधिमै व्यञ्जनले नेपाल गुणस्तर प्राप्त गरेको हो ।

व्यञ्जन तेलले उच्चस्तरीय कच्चापदार्थ प्रयोग गर्दै गुणस्तरमा निरन्तरता कायम गरेको आधारमा नेपाल गुणस्तर चिह्न प्रमाण–पत्र प्राप्त गरेको हो ।

नेपालमै उत्पादित व्यञ्जन खाने तेलको उत्पादन गुणस्तरीय तथा बोटलिङ र प्याकेजिङ अन्तरराष्ट्रिय स्तरको रहेको सो कम्पनीका बिक्री प्रबन्धक पुरुषोत्तम सिलवालले बताए । नेपालमा प्रचलित विभिन्न मौलिक परिकारको स्वाद लिन र स्वस्थ खाना तयार पार्न व्यञ्जन सूर्यमुखी तेल र तोरीको तेल देशभर उपलब्ध रहेको समेत उनले जानकारी दिए ।

अत्याधुनिक प्रविधिबाट प्रशोधन गरिएको व्यञ्जन तेल ल्यामिनेटेड पाउचमा प्याकिङ गरिन्छ । यसमा भिटामिन ‘ए’ र ‘डी’ मिश्रण गरिएको बिक्री प्रबन्धक सिलवाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL