Logo

एनसेल मेला चार शहरमा हुँदै, खेलकुद तथा गित संगीतको मज्जा लिन सकिने

एनसेल मेला चार शहरमा हुँदै, खेलकुद तथा गित संगीतको मज्जा लिन सकिने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एनसेल प्रालिले देशको विभिन्न चार शहरहरुमा पुष ८ देखि एनसेल मेला २०७४ को आयोजना गर्ने भएको छ । एनसेलले पोखरा, विराटनगर, बुटवल र ललितपुरमा मेला अयो्जना गर्न लागेको हो ।

आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक हँुदै खुसियाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसन/फोरजीको अनुभव प्रदान गर्न, मेला आयोजना गर्न लागेको कम्पनीले जानकारी दिएको छ ।

यी चारै शहरहरुमा एनसेलले छोटो अवधिमा नै आफ्नो फोरजी सेवा विस्तार गरिसकेको जानकारी दिएको छ । मेलामा खेलकुदलगायत सबै मनोरञ्जनात्मक गतिविधीहरु फोरजी थिममा आधारित हुनेछन् ।

विविध मनोरञ्जनात्मक कार्यक्रमहरुले भरिपूर्ण एनसेल मेला यही पुष ८ गते पोखराको प्रदर्शनी केन्द्र, नयाँ बजारमा आयोजना गरिने छ ।
यो मेला पुष १५ गते विराटनगरको हाटखोलामा, पुष २२ गते बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा र पुष २९ गते ललितपुरको जावलाखेल मैदानमा आयोजना हुनेछ । यी प्रत्येक शहरमा मेला बिहान ११ बजे शुरु हुनेछ र कन्सर्ट सहित साँझ ६.३० सम्म चल्ने छ ।

मेलामा आउने सबै उमेर समुहका दर्शकहरुको मनोरञ्जनलाई ध्यानमा राखि विभिन्न कार्यक्रमहरु समावेश गरिएका छन् । मेलामा प्रवेश निःशुल्क हुनेछ र थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरन्जन लिनुका साथै विभिन्न पुरस्कारहरु पाउन सक्नेछन् ।

चर्चित कलाकार तथा सांगीतिक समुहहको प्रस्तुती, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु मेलाका केही विषेश आर्कषणहरु हुन् । स(साना बालबालिकाहरुको गायन प्रतिभा उजागर गर्न मेलामा ‘लिटल नेपाली आइडल’ कार्यक्रमको पनि आयोजना गरिनेछ ।

मेलाको अरु आकर्षणहरु पेपर प्लेन थ्रो, मिनी गल्फ, फ्रग जम्प र कार रेस जस्ता फोरजी थिममा आधारित गेम्सहरु हुनेछन् भने बालबालिकाहरुका लागि ट्राम्पोलिन, गो कार्ट, टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरहरु लगायत विविध आकार्षणहरु रहने कमपनीले जानकारी दिएको छ ।

मेलामा देशको १९ शहरहरुमा पुगिसकेको एनसेलको फोरजी सेवाको बारेमा पनि थप जानकारी लिनुका साथै विषेश एनसेल फोरजी जोनमा फोरजी चलाएर टेष्ट पनि गर्न सक्नेछन् । दर्शकहरुले मेलामा नै आवश्यक कागजातहरु बुझाई फोरजी सिम खरिद गर्न तथा आफ्नो पुरानो सिमलाई फोरजी सिममा अपग्रेड पनि गर्न सक्नेछन् ।

मेलामा कलाकारहरु शिव परियार, इन्दिरा जोशी, आषिश राना (लाउरे), सांगीतिक समुहहरुमा कबवेभ, द एज र स्याडोज्ले आफ्नो प्रस्तुतिहरु राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । रोडिज्का विजेता समन श्रेष्ठ र फस्ट रनरअप अनिमेश शाहीले पनि मेलामा भाग लिनेछन् । त्यसैगरी, मेलाको अरु आकर्षणहरुमा फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइण्ड मेकअप, युनिकर्न रिङ् टस जस्ता गेम्सहरु पनि रहनेछन् ।
एनसेलका प्रमुख कर्मशियल अधिकृत कोकलियोङ् यापले मेलामा आउन नसक्नेहरुले पनि हाम्रो १९ शहरहरुमा फैलिएको फोरजी नेटवर्क मार्फत ‘योण्डर म्युजिक’ र ‘आईफ्लिक्स’ मुभिज्को मजा लिनुहुनेछ भन्ने आशा लिएको बताए ।

गीत संगीत, गेमहरु र अन्य आर्कषण बाहेक, मेलामा नेपाली, ईण्डियन र चाईनिज परिकारका १० स्टलहरु पनि रहनेछन् ।
एनसेलका ग्राहकहरुले मेला सम्बन्धि थप जानकारीका लागि १७१०६ मा डायल पनि गर्न सक्ने कमपनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्