काठमाडौं । बुधबार नेप्से परिसुचक ११ दशमलब ६७ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १५ सय ३६ दशमलब ५४ अंकमा पुगेर बन्द भएको हो ।
सो दिन कारोबारमा आएको ट्रेडिङबाहेक अन्य समुहको परिसुचक उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव देखिएको हो । सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी ६८ दशमलब ६३ अंकले बढेको छ ।
त्यस्तै जलविद्युत ३२, होटल २८, माइक्रोफाइनान्स २४ दशमलब ५८,विकास बैंक २३ दशमलब ९५,बैंकिङ ८ दशमलब ३, फाइनान्स ७ दशमलब ७२ र अन्य समुहको परिसुचक १ दशमलब ७३ अंकले बढेको छ । यता ट्रेडिङ समुहको परिसुचक भने २ दशमलब ४५ अंकले ओरालो लागेको छ ।
बुधबार शिखर इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी ६ करोड ४० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै नेपाल टेलिकमको ३ करोड ५९ लाख र प्राइम लाइफ इन्स्योरेन्सको ३ करोड ३२ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर किनवेच भएको छ ।
बुधबार १६६ कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको १द्द लाख ५३ हजार कित्ता सेयरबाट ६७ करोड ९३ लाखको कारोबार भएको छ ।