Logo

सगुनको मिनि आईपिओ किन्ने समय मंसिर १७ गते सम्मलाई थपियो

सगुनको मिनि आईपिओ किन्ने समय मंसिर १७ गते सम्मलाई थपियो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सगुनले जारी गरेको दोस्रो चरणको मिनि आईपिओमा लगानी गर्ने समय थप गरेको छ । उक्त आईपीओमा नोभेम्बर ३० तारिखसम्म लगानी गर्ने समय रहेकोमा ३ दिन थप गरी डिसेम्बर ३ तारिखसम्मलाई पुर्याएको छ ।

विश्वभर बाट लगानीकर्ताको अत्याधिक चाप र बैंक ट्रान्सफरमा देखिएको समस्याका कारण समय थप गर्नु परेको कम्पनीद्वारा विज्ञप्तीमा उल्लेख छ । लगानी प्रक्रियामा प्रवेश गरिसकेका तर प्राविधिक कारणबस सेयर खरिद प्रक्रिया पुरा गर्न नसकेका लगानीकर्ताको आग्रह अनुसार ७२ घण्टको समय थप गरिएको कम्पनीले जानकारी दिएको छ । सो प्रक्रियामा अष्ट्रेलिया तथा भारत लगायतका देशबाट बढी समस्या देखिएको समेत कम्पनीले विज्ञप्तीमार्फत स्पष्ट पारेको छ ।

लगानी गर्न ईच्छुक सबै नागरिकले सगुनको साईटमा उपलब्ध लगानी फारम भरेर प्रक्रियामा सहभागी हुन सक्नेछन् । लगानीकर्ताको अनुरोध अनुसार थप ३ दिन समय थपिएको र सो पछि समय थप नहुने समेत कम्पनीले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL