Logo

साढे १ अंकले उकालो लाग्यो नेप्से, ७४ करोड ६८ लाखमा खुम्चियो कारोबार

साढे १ अंकले उकालो लाग्यो नेप्से, ७४ करोड ६८ लाखमा खुम्चियो कारोबार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बिहीबार नेप्से परिसुचक १ दशमलब ५५ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १५ सय ३७ दशमलब ६७ अंकमा पुगेर बन्द भएको हो ।

बुधबार कारोबारमा आएका अधिकांश समुहको परिसुचक उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव देखिएको हो ।

सो दिन होटल समुहको परिसुचक सबैभन्दा बढी २५ दशमलब ८ अंकले बढेको छ । त्यस्तै जलविद्युत समुह २१ द्यशमलब ९१, बीमा २० दशमलब ३७,माइक्रोफाइनान्स ६,अन्य ० दशमलब ८७ र बैंकिङ समुहको परिसुचक ० दशमलब ०९ अंकले उकालो लागेको छ ।

यता उत्पादन, विकास बैंक र फाइनान्स समुहको परिसुचक क्रमशः७ दशमलब ८६, ७ दशमलब ६७ र ३ दशमलब ६७ अंकले ओरालो लागेको छ ।

बिहीबार १६४ ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको १३ लाख कित्ता सेयरबाट ७४ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्