Logo

सामान्य ओरालो लाग्यो नेप्से, ६५ करोड ७१ लाखको कारोबार

सामान्य ओरालो लाग्यो नेप्से, ६५ करोड ७१ लाखको कारोबार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सोमबार नेप्से परिसुचक ० दशमलब ६० अंकले ओरालो लागेको छ । आइतबार चुनावी माहोलले उकालो लागेको बजार आज १५ सय १३ दशमलब १७ अंकमा झरेर बन्द भएको हो ।

सो दिन होटल समुहको परिसुचक सबैभन्दा बढी ३५ दशमलब २३ अंकले घटेको हो । त्यस्तै बीमा ३२ दशमलब ५३, बिकास बैंक ४ दशमलब ९७, ट्रेडिङ ३ दशमलब १३,माइक्रोफाइनान्स २ दशमलब ७९ र बैंकिङ समुहको परिसुचक १ अंकले घटेको हो ।

यता जलविद्युत,अन्य र फाइनन्स समुहको परिसुचक भने क्रमशः२४ दशमलब १, ४ दशमलब ६३ र ३ दशमलब ६६ अंकले उकालो लागेको छ ।

सोमबार चिलिमे हाइड्रोपावर कम्पनीको सबैभन्दा बढी ६ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सोमबार १५९ ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको १२ लाख कित्ता सेयरबाट ६५ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्