काठमाडौं । प्रतिनिधि तथा प्रदेश सभाको पहिलो चरणको चुनावको दिन आइतबार नेप्से परिसुचक २१अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १५ सय १४ दशमलब ३४ अंकमा पुगेर बन्द भएको हो ।
आइतबार कारोबारमा आएका अधिकांस समुहको परिसुचक उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको हो । सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी ८२ दशमलब १२ अंकले बढेको छ । त्यस्तै जलविद्युत ६८ दशमलब ५,माइक्रोफाइनान्स २८ दशमलब ५२,विकास बैंक १८ दशमलब ९७ र बैंकिङ समुहको परिसुचक १८ दशमलब ७ अंकले बढेको छ ।
त्यस्तै उत्पादन,फाइनान्स र होटल समुहको परिसुचक क्रमशः ८ दशमलब १८, २ दशमलब ७६ र १ दशमलब ४५ अंकले बढेको छ । यता ट्रेडिङ समुहको परिसुचक भने ६ दशमलब ३४ अंकले ओरालो लागेको छ ।
आइतबार स्ट्याण्डर्ड चार्टड बैंकको सबैभन्दा बढी ६ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आइतबार १ सय ५५ कम्पनी कारोबारमा आएका थिए । ती कम्पानीको १० लाख कित्ता सेयरबाट ५९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।