काठमाडौं । जगदम्बा स्पोट्र्स प्राईभेट लिमिटेड (जे फोर) ले क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । जे फोर ले मंसिर २ गते देखी पोखरामा ट्यालेन्ट हन्ट नामको क्रिकेट प्रतियोगिताको सञ्चालन गर्न लागेको हो ।
एभरेष्ट प्रिमियर लिगसँग आवद्ध भई ‘पोखरा राइनो’ नामको क्रिकेट खोलाडी टोली मार्फत क्रिकेट प्रतियोगितामा आफ्नो शुरुवाती पाईला अगाडी बढाएको छ ।
पोखरालाई प्रतिनिधित्व गर्दै एभरेष्ट प्रिमियर लिग अन्तर्गत रहने विभिन्न टिमहरु मध्यको पोखरा राईनो टिम सन् २०१७ मा स्थापना भएको टिम हो ।
क्रिकेट खेलाडी शक्ति गौचनले नेतृत्व गर्ने ११ सदस्यीय यस टिममा विनोद भण्डारी, सुशन भारी, राजेश पुलामी मगर, विक्रम शोव, शौरभ खनाल, नूरध्वज सेन, किशोर महतो, सन्तोष भट्ट, सुनिल धमला र विपिन खत्री समेतको सहभागीता रहने छ ।
क्रिकेटमा विभिन्न खेलाडीहरु एकआपसमा प्रतिशपर्धा गराई उत्कृष्ट खेल प्रदर्शन गर्न सक्ने दक्ष नव खेलाडी छनौट गरिने छ । जे फोर उक्त ट्यालेन्ट हन्ट प्रतियोगिताका निमित्त नाम दर्ता प्रकृया आरम्भ भएको घोषणा गरेको छ ।
जे फोर स्पोट्र्स– फर स्पोर्टस भन्ने मूल नारा रहेको जे फोर टिमलाई राइनो ५००डी टिएमटि फलामे छड,सुपर एमआई, लियोन मोटर्स प्रालि मित्सुविसि, जगदम्वा सिमेन्ट, केश कन्स्ट्रक्सन र ब्यारोन सेलेक्ट जस्ता कम्पनीहरुले प्रायोजना गरेका छन् ।
प्रतियोगितामा तिन जना विदेशी खेलाडीहरुले पनि भाग लिने छन् । हालै एक कार्यक्रमबीच पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसि, जगदम्बा स्पोर्टस प्रालिका प्रवन्ध निर्देशक शाहिल अग्रवाल, एभरेष्ट प्रिमियर लिगका प्रवन्ध निर्देशक अमिर अख्तर, पोखरा राईनो टिमका क्याप्टेन शक्ति गौचनलगायतको उपस्थितीमा जेर फोरले आफ्नो लोगो, खेलाडी तथा पोखरा राईनो टिमको जर्सी को प्रथम प्रदर्शन गरेको थियो ।
नेपालमा खेलकूद गतिविधि सञ्चालन गर्ने उद्देश्यले शंकर ग्रुप अन्तर्गत स्थापित एक नविनतम् कम्पनी हो ।