Logo

नेपाल भित्रियो हुण्डाईको द नेक्स्ट जेन भर्ना, यस्ता छन् विशेषता

नेपाल भित्रियो हुण्डाईको द नेक्स्ट जेन भर्ना, यस्ता छन् विशेषता


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । हुण्डाईको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले ५ औ पिढीको द नेक्स्ट जेन भर्ना सार्वजनिक गरेको छ ।

भर्नाको विश्वभर करिब ९० लाख ग्राहक रहेको कम्पनीले जानकारी दिएको छ । आकर्षक बनोट तथा अत्याधुनक सुबिधा यस गाडीमा रहेको कम्पनीले जानकारी दिएको छ ।

भर्ना एक आरामदायी गाडीका साथै सुरक्षित निर्माणको संगालो भएको कम्पनीको दाबी छ । यसमा एलइडी टेल ल्याम्प,७ दशमलब ० टच स्क्रिन अडियो, भिडियो नेभिगेशनलगायत एक्स्टेरियर सुविधा छन् ।

त्यस्तै सिट हाइट एडजस्टर, लगेज ल्याम्पलगायत इनटेरियर सुविधा छन् । हुण्डाईका गाडीहरुमा ३ बर्ष वारेन्टी, ४ बर्ष निशुल्क सर्भिसिङ र १ आवकको सवारी कर चुक्ताजस्ता सुविधा छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL