काठमाडौं । आइतबार नेप्से परिसुचक १६ दशमलब ४१ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १४ सय ७७ दशमलब १४ अंकमा पुगेर बन्द भएको हो ।
आइतबार कारोबारमा आएका अधिकांश समुहको परिसुचक उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको हो । सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी ११८ दशमलब ७१ अंकले उकालो लागेको छ ।
त्यस्तै जलविद्युत ३१ दशमलब ६७, विकास बैंक २३ दशमलब ६१ र सेयर बजारमा बढी प्रभाव रहेको बैंकङ समुहको परिसुचक १५ दशमलब ६६ अंकले उकालो लागेको छ ।
त्यसैगरी अन्य,होटल,फाइनान्स र माइक्रोफाइनान्स समुह क्रमशः ५ दशमलब २१, ४ दशमलब ५२, २ दशमलब ८२ र १ दशमलब २८ अंकले बढेको छ । यता ट्रेडिङ समुहको परिसुचक भने ३ दशमलब १३ अंकले घटेको छ ।
आइतबार बैंक अफ काठमाडौं लिमिटडको २ करोड ८९ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर किनबेच भएको छ । त्यस्तै प्रभु बैंकको २ करोड ८८ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर किनबेच भएको हो ।
आइतबार १सय ५९ ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको ११ लाख १४ हजार कित्ता सेयरबाट ३९ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।