Logo

एनआईबीएल क्यापिटल र एस क्यापिटलबीच मर्जर सम्झौता

एनआईबीएल क्यापिटल र एस क्यापिटलबीच मर्जर सम्झौता


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एनआईबीएल क्यापिटल मार्केट्स र एस क्यापिटल मर्जरमा जाने भएका छन् । यी दुई संस्थाबीच मर्जर सम्बन्धी सम्झौता बिहीबार हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा एनआईबिएल क्यापिटलका अध्यक्ष सचिन टिवडेवाल र एस क्यापिटलका अध्यक्ष रविन सिजापतीले हस्ताक्षर गरेका हुन् ।

एस क्यापिटलको प्रवद्र्धक कम्पनी एस डेभलपमेण्ट बैंकलाई नेपाल इन्भेष्टमेन्ट बैंकले प्राप्ती गरेसँगै यी दुई संस्थाबीच मर्जरमा जान सम्झौता भएको हो । हाल एस र एनआईबीएल दुबै इन्भेष्टमेन्ट बैंकको लगानी रहेका कम्पनी हुन् । मर्जर पश्चात कम्पनीको चुक्ता पूँजी २७ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL