काठमाडौं । बिहीबार नेप्से परिसुचक ५ दशमलब ८९ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १४ सय ६० दशमलब ७३ अंकमा झरेर बन्द भएको हो ।
बिहीबार कारोबारमा आएका अधिकांश समुहको परिसुचक ओरालो लागेको छ । सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी २४ दशमलब ४५ अंकले घटेको छ ।
त्यस्तै विकास बैंक ११ दशमलब ९६,होटल ९ दशमलब ३४,फाइनान्स ७ दशमलब ६४,बैंकिङ ६ दशमलब ७५,उत्पादन ३,ट्रेडिङ १ दशमलब ८६ र अन्य समुहको परिसुचक १ दशमलब ४५ अंकले घटेको छ ।
यता जलविद्युत रर माइक्रोफाइनान्स समुहको परिसुचक भने क्रमशः ६ दशमलब ५३ र १ दशमलब ३ अंकले उकालो लागेको छ ।
बिहीबार एभरेष्ट बैंक लिमिटेडको सबैभन्दा बढी ३ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सो दिन १५४ ओटा कम्पनी कारोबारमा आएका थिए ।
ती कम्पनीको १० लाख ४६ हजार कित्ता सेयरबाट ४६ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।