Logo

हालफाल्दै सेयर बजार, बुधबार पनि १८ अंकको पहिरो

हालफाल्दै सेयर बजार, बुधबार पनि १८ अंकको पहिरो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । दैनिकजसो ओरालो लागेको नेप्से परिसुचक आज पनि दोहोरो अंकले घटेको छ । बुधबार बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा १७ दशमलव ८३ अंकले घट्न पुगेको छ ।

१ महिनादेखि लगाताजस्तो ओरालो लागेको नेप्से परिसुचक बुधबार १ हजार ४ सय ६६ अंकमा झरेर अडिएको छ । बजारमा सबै समुहको परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी बीमा समुहको परिसुचक १ सय ३५ अंकले घटेको छ ।

यसैगरी बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक पनि साढे १४ अंकले घट्न पुगेको छ । विकास बैंक समुह साढे २१ अंकले घट्दा फाइनान्स समुहको परिसुचक ८ अंकले गिरावट आएको छ । यस्तै होटल समुहको परिसुचक पनि ७६ अंकले ओरालो लागेको छ ।

बजारमा कारोबार रकम पनि खासै बढ्न सकेको छैन । दिनभर कुल ४७ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । जसमा १ सय ५९ कम्पनीको ११ लाख ९८ हजार कित्ता सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL