Logo

गुरु न्यौपानेलाई अदालतको साथ, जनता बैंकको सेयर लिलामी नगर्न उच्च अदालतको आदेश

गुरु न्यौपानेलाई अदालतको साथ, जनता बैंकको सेयर लिलामी नगर्न उच्च अदालतको आदेश


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उच्च अदालत पाटनले गुरुप्रसाद न्यौपानेको जनता बैंकबाट जफत गरिएको सेयर लिलामी नगर्न जनता बैंकलाई आदेश दिएको छ । पाटन उच्च अदालतले गुरु न्यौपानेको रिट माथी सुनुवाई गर्दै तत्कालका लागि सेयर लिलामी प्रक्रिया अघि नवढाउन निर्देशन दिएको हो ।

न्यौपानेले आफु संचालक भएको समयमा श्रीमतीको नाममा दोस्रो बजारबाट सेयर खरिद गरेको भन्दै नेपाल राष्ट्र बैंकले उक्त सेयर जफत गर्न निर्देशन दिएको थियो । बैंकको त्यसरी खरिद गरेको कुल ८१ हजार कित्ता सेयर लिलामी प्रक्रिया अघि बढाएको थियो । तर, पाटन उच्च अदालतले सो रिट माथी प्रारम्भिक सुनुवाई गर्दै तत्कालका लागि रोक्न आदेश दिएको हो ।

अदालतको आदेशसँगै सेयर लिलामी प्रक्रिया रोकिएको जनता बैकले जानकारी दिएको छ । ‘हामीले तत्कालै हुने गरी सेयर लिलामी प्रक्रिया अघि बढाएका थियौं,’ बैंक स्रोतले भन्यो, ‘तर, अदालको आदेश आएपछि रोक्न बाध्य भएका छौं ।’ अदालतको अर्को आदेश नआएसम्मका लागि लिलामी प्रक्रिया स्थगित हुने समेत बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL