Logo

नेप्सेको अनलाईन ट्रेडिङ सर्यो, सचेतना कार्यक्रममा केन्द्रित

नेप्सेको अनलाईन ट्रेडिङ सर्यो, सचेतना कार्यक्रममा केन्द्रित


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आजबाट कार्यान्यनमा ल्याउने भनिएको अनलाईन ट्रेडिङ सरेको छ । आजबाट परीक्षणको रुपमा कार्यान्वयनमा ल्याउने भनेपनि निर्माणसम्म नभएकोले संचालनमा ल्याउन नसकिएको नेप्सेले जानकारी दिएको छ ।

अनलाईन ट्रेडिङको जिम्मा पाएको वाइकोसँग भएको सम्झौता अनुसार पनि अझै समय बाँकी रहेको र तोकिएको मितिमा ल्याउने नेप्सेको प्रमुख कार्यकारी अ अधिकृति चन्द्रसिंह साउदले बताए । वाइकोसँगको नयाँ सम्झौता अनुसार २०७४ बैंशाख ६ गतेका मितिले १४ महिनाभित्र निर्माणसम्म गरी संचालनमा ल्याउने सम्झौता भएकोले सोही समयभित्र कार्यान्यवनमा ल्याइने दावी गरे ।

यसैगरी नेप्सेले दैनिक रुपमा घटिरहेको बजारमा लगानीकर्ता लक्षित गर्दै ‘लगानीकर्तासँग नेप्से’ नामक कार्यक्रम संचालन गर्ने भएको छ । एउटा प्रदेशमा एउटा सचेतना कार्यक्रम गर्ने उद्देश्य अनुरुप लगानीकर्ता लक्षित कार्यक्रम ल्याइएको साउदले जानकारी दिए । साथै अब आउने पुस्तामा लगानीको वारेमा जनचेता फैलाउन ‘भिजिट नेप्से’ कार्यक्रम समेत संचालन गर्ने भएको छ । जसमा कलेजका विद्यार्थीलाई लक्षित गरिने समेत नेप्सेले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL