Logo

नेप्से परिसुचक र कारोबार रकम दुबै ओरालो

नेप्से परिसुचक र कारोबार रकम दुबै ओरालो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बजार खुलेको केही समय उकालो लागेको नेप्से परिसुचक अन्तमा घटेको छ । केही समय झण्डै दोहोरो अंकले बढ्न लागेको नेप्से परिसुचक बन्द हुँदा ८ दशमलव ९७ अंकले ओरालो लागेको छ ।

बजारमा व्यापार समुह बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमध्ये सबैभन्दा सबैभन्दा बीमा समुहको परिसुचक ५० अंकले घटेको छ । यसैगरी बजारमा प्रभाव रहेको बैंकिङ समुहको परिसुचक पनि साढे ७ अंकले ओरालो लागेको छ ।

यसैगरी, होटल समुहको परिसुचक ४६ अंकले ओरालो लाग्दा फाइनान्स समुहको परिसुचक ४७ अंकले घटेको छ । बजारमा कारोबार रकम पनि ओरालो लागेको छ । दिनभर कुल ४२ करोड ४४ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । जसमा १ सय ५९ कम्पनीको ११ लाख २९ हजार कित्ता सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL