Logo

१७ हजारको मोबाइलले तण्डुकाराई चढायो स्कुटर

१७ हजारको मोबाइलले तण्डुकाराई चढायो स्कुटर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार योजना अन्तर्गत दोस्रो बम्पर उपहार बुद्धनगरका रमेश तण्डुकारले पाएका छन् । तण्डुकारले ताम्राकार मोबाइल कम्प्लेक्समा रहेको पसलबाट मोबाइल खरिद गरेका थिए ।

ताम्राकारकै बम्पर उपहार योजना अन्तर्गतको पहिलो मोटरसाइकल ससेन्द्र बिक्रम चौधरीले पाएका थिए ।

ताम्राकारको दशैं तिहार उपहार योजना अन्तर्गत ५० जनाले मोबाइल, ६५ वटा पावर बैंक र ५० भन्दा बढी ब्लुटुथ बितरण गरिएको मोबाइल ब्यापार संघ ताम्राकार कम्प्लेक्सका अध्यक्ष जगत साउदले जानकारी दिए ।

व्यापार संघका कोषाध्यक्ष अनिल ढकालले मोबाइल पारखीहरुका वीच ताम्राकार मोबाइल बजारले अझ बिश्वास बढाएको विचार ब्यक्त गरे ।
आफ्नो परिवारमा आवश्यक पर्ने सबै मोबाइल ताम्राकार बाटै किनेको बताउने स्कुटर बिजेता तण्डुकारले ताम्राकार बजार नै सबैभन्दा बढी बिश्वासिलो बजार भएको बताए ।

प्रतिक्रिया दिनुहोस्