काठमाडौं । आइतबार नेप्से परिसुचक १३ दशमलब ४९ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १५ सय ४० दशमलब २३ अंकमा झरेर बन्द भएको हो । आइतबार कारोबारमा आएका सबै समुहको परिसुचक ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो ।
सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी ५८ दशमलब ५९ अंकले घटेको छ । त्यस्तै होटल ३८ दशमलब ७४,उत्पादन ३७ दशमलब ४८,विकास बैंक १७,जलविद्युत १५ दशमलब ७ अंकले घटेका छन् ।
त्यसैगरी बैंकिङ समुह १२ दशमलब ९१, फाइनान्स ३,अन्य २ दशमलब ८९ र ट्रेडिङ समुहको परिसुचक २ दशमलब ५३ अंकले ओरालो लागेका छन् ।
आइतबार नेपाल बंगलदेश बैंकको सबैभन्दा बढी ४ करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सो दिन १ सय ५८ ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको १३ लाख ८१ हजार कित्ता सेयरबाट ५० करोड १४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।