काठमाडौं । तारागाउँ रिजन्सी (हायात) होटल्सले गत आर्थिक बर्ष २०७३/७४ को पहिलो त्रैमासमा २८ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवकोे तुलनामा १ सय ५ पैतिशतले बढी हो । हायातले गत आब २०७२/७३ मा कुल १३ करोड ६७ लाख रुपैयाँ आम्दानी गरेको थियो । हायातले गत आबको वित्तीय वितरण भर्खरै मात्र सार्वजनिक गरेको हो ।
हाल कम्पनीले चुक्ता पूँजी १ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । अघिल्लो आबमा कम्पनीको जगेडा कोष १४ करोड रुपैयाँले ऋणात्मक रहेकोमा गत आइपुग्दा १४ करोड रुपैयाँले जगेडा धनात्मक हुने पुगेको छ ।
गत आर्थिक बर्षमा हायातले सेवा बिक्री गरेर १ अर्ब २६ करोड रुपैयाँ आम्दानी गरेको । होटलले अन्य क्षेत्रमा व्यापार गरेर १६ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ ।