Logo

आइएमई लाइफको शाखा बाग्लुङ्गमा, १ बर्षभित्रै आईपीओ

आइएमई लाइफको शाखा बाग्लुङ्गमा, १ बर्षभित्रै आईपीओ


बिजखबर संवाददाता
27
Shares

बाग्लुङ्ग  । आइएमई लाइफ ईन्सुरेन्सले बाग्लुुङ्गमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् । सो कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल, कम्पनीको संचालक समितिका अध्यक्ष डा. रामहरी अर्याल लगायत कम्पनीका पदाधिकारीहरुको पनि उपस्थिती रहेको थियो ।

कार्यक्रममा चापागाईंले भर्खरै स्थापित कम्पनीले जीवन बीमाको माध्यमबाट रोजगारी बढाउन ठूलो योगदान दिने हुनाले ग्राहक महानुभावहरुलाई चुस्त र सहज सेवा लगायत लगानीकर्ताको हित तथा कर्मचारीहरुको मनोवृतिमा विशेष ध्यान दिएर कार्य गर्न व्यवस्थापनलाई सुझाब दिए । साथै सबैले आफनो र परिवारको सदस्यको जीवन बीमा गरेर ढुक्क भएर जीवनयापन गर्न पनि उपस्थित सबैलाई आग्रह गरेका थिए ।

कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सो ग्रुपले उद्योगी, व्यावसायी, कृषक, सर्वसाधारण साथै आन्तरिक एवं वाह्रय प्रर्यटनको साथसाथै छिटो छरितो, भरपर्दो एवं विश्वसनिय रेटिम सेवा, बैकिङ्ग, जीवन तथा निर्जीवन बीमा सेवा, केबलकार, अटोमोवाईलजस्ता सेवा दिँदै आएको बताए ।

बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरी ५५ वटा शाखा संचालनमा ल्याईने कम्पनीका संचालक समितिका अध्यक्ष डा. रामहरी अर्यालले जानकारी दिए । साथै अबको १ बर्षभित्र सर्बसाधारणमा सेयर जारी गर्दै चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुर्याइने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL