काठमाडौं । जनता बैंकले गुरु न्यौपानेबाट जफत गरेको ८५ हजार १ कित्ता सेयर बढाबढमा लिलाम बिक्रीको लागि बोलपत्र आह्वान गरेको छ । जनता बैंकका तात्कालिन सञ्चालक न्यौपानेले बैंक सञ्चालक छँदा श्रीमतीको नाममा दोस्रो बजारबाट सेयर खरिद गरेको भेटिएपछि जफत गर्न राष्ट्र बैंकले निर्देशन दिएको थियो ।
सोही अनुरुप बैंकले एक छानविन कमिटि बनाएर न्यौपनेको सेयर जफत गरेको थियो । उक्त सेयरलाई बैंकले मोल बढाबढमा लिलामीमा राखेको हो ।
बैंकका अनुसार सेयर खरिद गर्न चाहनेले कात्तिक १५ देखि २१ गते सम्म शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । सेयरको न्युनतम मूल्य १ सय रुपैया तोकिएको छ ।
बोलपत्र आह्वान गर्दा न्युनतम १ सय कित्ता देखि अधिकतम सम्पुर्ण कित्ताको लागि आवेदन दिन सकिनेछ । सो सेयरको लिलाम बिक्री बोलपत्र कात्तिक २२ गते मार्केटको कार्यालय काठमाडौं प्लाजामा बिहान ११ बजे खोलिने भएको छ ।