Logo

साढे ४६ अंकले उकालो लाग्यो नेप्से, कसले किन्यो विओकेको १० करोड ८५ लाख रुपैयाँको सेयर?

साढे ४६ अंकले उकालो लाग्यो नेप्से, कसले किन्यो विओकेको १० करोड ८५ लाख रुपैयाँको सेयर?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सोमबार नेप्से परिसुचक ४६ दशमलब ६२ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ५ सय ६४ दशमलब ९० अंकमा पुगेर बन्द भएको हो ।

सोेमबार कारोबारमा आएकामध्ये ट्रेडिङबाहेक सबै समुहको परिसुचक उकालो लागेको छ । सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी २६४ दशमलब ७५ अंकले बढेको छ । त्यस्तै होटल ७८,विकास बैंक ५७ दशमलब ३६,जलविद्युुत ५२ दशमलब ५५ र बैंकिङ समुहको परिसुचक ४८ दशमलब ६६ अंकले बढेको छ ।

त्यसैगरी फाइनान्स र अन्य समुहको परिसुचक क्रमशः ९ दशमलब ९ र ० दशमलब २८ अंकले उकालो लागेको छ ।
यता ट्रेडिङ समुह भने ४ दशमलब २२ अंकले ओरालो लागेको छ ।

सोमबार बैंक अफ काठमाडौंको सबैभन्दा बढी १० करोड ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सो दिन १सय ६३ कम्पनी कारोबारमा आएका छन् । ती कम्पनीको १४ लाख ५६ हजार कित्ता सेयरबाट ६० करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्