Logo

सबै समुह उकालो लाग्दा ८ अंकले बढ्यो नेप्से, डिप्रोक्स र लगानी कोषले उचाल्यो कारोबार

सबै समुह उकालो लाग्दा ८ अंकले बढ्यो नेप्से, डिप्रोक्स र लगानी कोषले उचाल्यो कारोबार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आइतबार नेप्से परिसुचक ८ दशमलब २६ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ५ सय १८ अंकमा पुगेर बन्द भएको हो ।

कारोबारमा आएका सबै समुहको परिसुचक उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको हो । सो दिन होटल समुहको परिसुचक सबैभन्दा बढी ३० दशमलब ९ अंकले बढेको छ । त्यस्तै बीमा समुह २६,विकास बैंक १२ दशमलब ९३,बैंकिङ समुह ८ दशमलब ६९,जलविद्युत ६,ट्रेडिङ ३ दशमलब ४६, अन्य १ दशमलब ७४ र फाइनान्स समुहको परिसुचक १ दशमलब ५५ अंकले बढेको छ ।

आइतबार डिप्रोक्स विकास बैंकको सबैभन्दा बढी १छ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै नागरिक लगानी कोषको १० करोड ६६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

सो दिन १ सय ५५ ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको ८ लाख १४ हजार कित्ता सेयरबाट ५१ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्