Logo

सुजलको ‘चोकोफन बालबाटिका’ संचालनमा, अन्य स्थानमा पनि विस्तार गर्दै

सुजलको ‘चोकोफन बालबाटिका’ संचालनमा, अन्य स्थानमा पनि विस्तार गर्दै


बिजखबर संवाददाता
108
Shares

काठमाडौं । सुजल फूड्सले ‘चोकोफन बालबाटिका’ संचालनमा ल्याएको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बाल संरक्षण गृह बालमन्दिरको शाखा काठमाडौंको सिफलमा उक्त बालबाटिका संचालनमा ल्याएको हो ।

सुजलले ‘चोकोफन बालबाटिका’ बाल संरक्षण गृहभित्र निर्माण गरेको हो । सो बालबाटिकामा खेल सामाग्रीहरुः चिप्लेटी, ढिकी–च्याउ, पिङ् राखिएको छ भने बालबालिकालाई आकर्षण गर्ने अन्य खेलौना समेत राखिएको कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।]

यसैगरी खेल मैदानसँगै जोडिएको पर्खालमा बालबालिकाहरु खेलमैदानमा रमाइरहेका आकर्षक चित्र पेन्ट गरिएको छ । खेल–मैदानविभिन्न रङ्गहरुको प्रयोग गरी कलात्मक ढङ्गले बारिएको छ, जसले गर्दा खेलमैदानअझै सुन्दर देखिएको छ । खेलमैदानमाबाल–बालिकाहरुको सुरक्षाको मध्यनजर गर्दै र मैदानलाई प्राकृतिक स्वरुपदिनउच्च गुणस्तरको दुबो रोपिएको छ । खेल तथाअन्य निमार्ण सामाग्रीहरु छनौट गर्दा पनि बालबालिकाहरुको सुरक्षा मैत्री बनाउन विशेष ध्यान दिइएको छ ।

चोकोफनले आगामी दिनमा बाल मन्दिरका अन्य शाखामा पनि सोही अनुरुपमा खेल मैदान निर्माण गर्ने जानकारी दिएको छ । कम्पनीले गर्ने सामाजिक कार्यहरु दीर्घकालीन र स्थायी हुनुपर्छ भन्ने विश्वास अनुरुप बालबाटिका निर्माण तथा मर्मत संभारमा जुटेको जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL