Logo

नेप्सेमा सुधारको संकेत, चिलिमेमा तानिए लगानीकर्ता

नेप्सेमा सुधारको संकेत, चिलिमेमा तानिए लगानीकर्ता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । दशैंपछि लगातार ओरालो लागेको नेप्से परिसुचकमा सामान्य सुधार आएको छ । मंगलबार सामान्य सुधार आएको नेप्से परिसुचक बुधबार ३ दशमलव ३६ अंकले उकालो लाग्न पुगेको छ । बजार केही दिन उच्च रुपमा घटेपनि पछिल्लो दुई दिनमा भने दिनभर उत्तरचढाव हुँदै सामान्य उकालो लाग्न पुगेको छ ।

बुधबार बजार बढेपनि बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक भने ओरालो लागेको छ । तर, बैंक, फाइनान्स र उत्पादनमुलक समुह बाहेकका परिसुचक भने उकालो लागेका छन् ।

बजारमा सबैभन्दा बढी बीमा समुहको परिसुचक ६० अंकले बढेको छ भने जलविद्युत समुह १७ अंकले उकालो लागेको छ । तर अरु समुहका परिसुचक भने सामान्य बढेको छ ।

लगानीकर्ताहरु चिलिमे जलविद्युत आयोजनको सेयरमा आकर्षित भएसँगै बजारमा कारोबार रकम बढ्नुका साथै परिसुचक पनि उकालो लागेको हो । बुधबार चिलिमेको सबैभन्दा बढी ३ करोड १० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

नेप्से परिसुचकमा सामान्य सुधार आएपनि कारोबार रकम भने बढ्न सकेको छैन । दिन भर कुल ३२ करोड २३ रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । जसमा १ सय ६३ कम्पनीको ७ लाख ५४ हजार कित्ता सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL