Logo

सपोर्ट माइक्रोमाफइनान्समा सेयर संख्याभन्दा बढी आवेदन, ७ प्रतिशतलाई मात्र सेयर

सपोर्ट माइक्रोमाफइनान्समा सेयर संख्याभन्दा बढी आवेदन, ७ प्रतिशतलाई मात्र सेयर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको साधारण शेयर (आपिओ) मा २ लाख ३७ हजार आवेदन परेको छ । सपोर्टले कुल १ लाख ८० हजार कित्ता आईपिओ जारी गरेकोमा झण्डै साढे २ लाख लगानीकर्ताले आवेदन दिएका संस्थाको धितोपत्र तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जानकारी दिएको छ ।

सो आईपिओमा कुल २ अर्ब २४ करोड रुपैयाँ बराबरको आवेदन परेको छ । आईपिओमा धेरै लगानीकर्ताले साना रकमको आवेदन दिएका छन् । सपोर्टले कर्मचारी र सामुहिक लगानी कोषको लागि छुट्याएर सर्वसाधारणलार्य १ लाख ६७ हजार ४ सय कित्ता सेयर वितरण गर्नेछ ।

आवेदन बढी परेकाले १० कित्ताको आधारमा वितरण गर्दा आवेदन दिनेमध्ये करिव ७ प्रतिशतले मात्र सेयर पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL