काठमाडौं । मंगलवार नेप्से परिसुचक सामान्य उकालो लागेको छ । केही दिनदेखि लगातार ओरालो लागेको सेयर आज ० दशमलब ७४ अंकले बढेको हो ।
सो दिन कारोवारमा आएका अधिकांश समुहको परिसुचक ओरालो लागेको छ । मंगलबार अन्य,फाइनान्स र विकास बैंक समुहको परिसुचक बाहेक अरु समुहको परिसुचक घटेको हो । ती समुहको परिसुचक क्रमशः ८ दशमलब ६७,४ दशमलब ५७ र ० दशमलब ८५ अंकले बढेको छ ।
यता उत्पादन समुह ११ दशमलब ६४, बीमा समुह ८ दशमलब ९९, होटल ६ दशमलब २१,जलविद्युत ४ दशमलब ४१,ट्रेडिङ ३ दशमलब ३८ र बैंकिङ समुहको परिसुचक ० दशमलब ३ अंकले घटेको छ ।
मंगलबार १ सय ५५ ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको ६ लाख कित्ता सेयरबाट ३०करोड ७० लाख रुपैयाँको कारोबार भएको छ ।