Logo

विशाल बजारको ३ करोड ९६ लाख कित्ता अर्थको नाममा दाखिला, छिट्टै नेप्सेमा सुचिकृत

विशाल बजारको ३ करोड ९६ लाख कित्ता अर्थको नाममा दाखिला, छिट्टै नेप्सेमा सुचिकृत


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । लामो समयदेखि अन्यौलमा रहेको विशाल बजार कम्पनीको सेयर सरकारको नाममा दाखिला भएको छ । भर्खरै मात्र विशाल बजारको सेयर अर्थ मन्त्रालयको नाममा दाखिला भएर प्रमाणपत्र आएको विशाल बजार कम्पनीका अध्यक्ष लबराज जोशीले बताए ।

सर्वोच्च अदालतले २०७२ जेठ २६ गते विशाल बजार कम्पनीलको सेयर अर्थ मन्त्रालयको नाममा कायम गर्न आदेश दिएको थियो । सोही अनुरुप प्रति कित्ता १ सय रुपैयाँका दरले ३ अर्ब ९६ करोड रुपैयाँ बराबरको ९ करोड ९६ लाख कित्ता सेयर अर्थको नाममा दाखिला गरिएको हो ।

यस अघि विशाल बजारको नाममा नेपाल स्टक एक्स्चेञ्जमा ५ लाख कित्ता सेयर सुचिकृत भएको थियो । आगामी दिनमा थप ३ करोड ९६ लाख कित्ता सहित विशाल बजार कम्पनीको नाममा ४ करोड १ लाख कित्ता सेयर सुचिकृत गरिने जोशीले जानकारी दिए । ‘भर्खरै कम्पनी रजिष्टार कार्यालयबाट सेयर दाखिला भएर अर्थको नाममा आएको छ,’ उनले भने, ‘सो सेयरलाई साधारणसभाबाट अनुमोदन गराएर नेप्सेमा सुचिकृत गरिनेछ ।’

बजार खुलेको केही समय उच्च रुपमा बढेर प्रतिकित्ता २ हजार ५ सय रुपैयाँभन्दा माथी पुगेको विशाल बजारको सेयर अहिले घटेर २ हजार १ सय रुपैयाँमा झरेको छ । विशाल बजारको ठूलो मात्रामा सेयर आएपछि त्यसको मूल्य उच्च रुपमा घट्ने सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

अहिले विशाल बजारको कमाई अनुसार सेयर संख्या थोरै भएकाले यसको इपीएस उच्च भई लगानीकर्ताले बढी मुनाफा कमाइरहेका छन् । तर, सेयर संख्या बढेसँगै यसको इपीएस घट्न गई लगानीकर्ताले सोचेभन्दा ज्यादै न्यून प्रतिफल हात पार्ने छन् भने सेयर भ्यालु सोही अनुरुप घट्ने निश्चित छ । सो सेयरमा नेप्सेमा सुचिकृति गराएर मूल्य समायोजन गर्दा उक्त सेयरको प्रतिकित्ता मूल्य १ सय देखि १ सय १० रुपैयाँसम्म कायम हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL