काठमाडौं । चाबहिलस्थित केएल मोबाइल हबमा मोबाइल खरिद गर्ने सुन्दर तामार्थुले सुनको सिक्का प्राप्त गरेका छन् । दशैं तिहारको अबसर पारी केएल मोबाइल हबले सुरु गरेको मोबाइलको मेगा मेलामा मोबाइल खरिद गर्दा यो उपहार प्राप्त गरेका हुन् ।
नेपालमै सबैभन्दा धेरै ब्राण्डका मोबाइल पाइने दावी गर्दै आएको केएल मोबाइल हबमा जारी मोबाइलको मेगा मेलामा मोबाइल खरिदकर्ताले हात खाली नजाने उपहार पाउने छन् । बम्पर उपहार स्वरुप एकवटा आरवान फाइभ बाइक, एक आइफोन ८ र मलेसिया सिंगापुर भ्रमणको प्याकेज पाउने छन् । हरेक मोबाइलको खरिदमा ७ देखि ६० प्रतिशत सम्म छुट पाइने बताउँदै केएल मोबाइल हबकी मेनेजर उर्मिला लामाले अझै थुप्रै सुनचाँदीका सिक्का, स्मार्टफोन लगायत अन्य उपहार बाँकी रहेको बताइन् ।
बिश्व बजारमा पाइने २३ भन्दा बढी मोबाइलको कारोबार गरिरहेको केएल मोबाइल हबमा १५ भन्दा बढी मोबाइल कम्पनीको टच एण्ड फिल जोन राखिएको छ । त्यस्तै जस्तो सुकै बिग्रिएर थन्कीएको मोबाइल पनि एक्सचेन्ज गरिने एक्सचेन्जको मेगा अफर भएकाले उपभोक्ताको भीड लागेको सेल्स मेनेजर अजय लामाले बताए ।
मेगा अफर सहितको मोबाइलको मेगा मेला तिहार सम्म जारी रहने छ ।