काठमाडौं । फलोरिकल्चर एसोसिएसन नेपालको अगुवाईमा शनिबार काठमाडौको रुद्रमति नदी (धोबीखोला)को सरसफाई तथा बोट बिरुवाको गोडमेल गरिएको छ ।
आफ्नो रजत महत्वसब मनाउने क्रममा फ्लोरिकल्चर एशोसिएशन नेपालले स्थानिय रुद्रमति सरोकार समाज र वाताबरण संरक्षण अभियानको सहकार्यमा रुद्रमति नदीको रातो पुल कालो पुल र सेतो पुलमा रहेको फोहर सरसफाई गरेको हो ।
बिरुवाका गोडमेल गर्न हाँगा काटिएकोे थाहा भएपछि स्थानियहरुनै अभियानमा लागेका थिए । दुईवर्ष अघि फयानले रातो पुल देखि कालोपुल सम्म खोलाको किनारमा झन्डै एक हजार फूलका बोट लगाएको थियो ।
शनिबार सरसफाई गर्ने क्रममा ती फूल विरुवाको काँटछाँट गर्नुको साथै गोलमेड गरेको सरसफाइ अभियानका संयोजक विश्वमणी पोखरेलले बताए ।
संस्थाको रजत जयन्ती महोत्सवको अबसर पार्दै सामाजिक उतरदायित्व बोध गरी वातावरण संरक्षण गर्न विभिन्न संघसस्थासंग सहकार्य गर्दै आएको अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए । यस हप्ता रातो पुलका स्थानिय संघसस्थासंग सहकार्य गर्दै बोटबिरुवाको गोडमेल र सरसफाइ गरिएको बताए ।