काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले नेपाल इन्भेष्टमेण्ट बैंक र बरुण हाइड्रोको मूल्य समायोजन गरेको छ । नेप्सेले नेपाल इन्भेष्टमेण्ट बैंकले आफ्ना सेयरधनीलाई १५ प्रसितशत बोनस सेयर दिएसँगै त्यसलाई आधार मानेर मूल्य समायोजन गरेको हो ।
जस अनुसार नेप्सेले बैंकको प्रतिकित्ता औषत सेयर मूल्य ७ सय ५८ कायम गरी ६ सय ६४ मा मूल्य समायोजन गरेको छ । यसैगरी नेप्सेले १५ प्रतिशत बोनस पछि इन्भेष्टमेण्टको संस्थापक सेयरको मूल्य पनि समायोजन गरेको छ । बैंकको संस्थापक सेयर मूल्य प्रतिकित्ता ५ सय ८० रुपैयाँमा समायोजन गरेको छ ।
नेप्सेले बरुण हाइड्रो कम्पनीको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर दिएसँगै मूल्य समायोजन गरिएको हो । बरुणको प्रतिकित्ता सेयर मूल्य २ सय ९ रुपैयाँ कायम भएको छ ।