Logo

एनबी इन्स्योरेन्सको रिब्राण्डिङ, आईएमईको नामबाट कारोबार, ८० प्रतिशत हकप्रद पारित

एनबी इन्स्योरेन्सको रिब्राण्डिङ, आईएमईको नामबाट कारोबार, ८० प्रतिशत हकप्रद पारित


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनबी इन्स्योरेन्सले आफ्नो नामलाई परिवर्तन गरेको छ । कम्पनीको आज भएको २० औं साधारणसभाले आफ्नो मौजुदा नामलाई परिवर्तन गर्दै आईएमई जनरल इन्स्योरेन्सको नामबाट कारोबार शुरु गरेको हो । एनबी इन्स्योरेन्सलाई आईएमई समुहले खरिद गरेसँगै रिब्राण्डिङ गरेको हो ।

यसैगरी कम्पनीको साधारणसभाले हकप्रद सेयर पनि पारित गरेको छ । आज भएको साधारणसभाले आफ्ना सेयर धनीलाई ८० प्रतिशत हकप्रद सेयर दिने निर्णय पारित गरेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी ५४ करोड रुपैयाँ रहेको छ । हकप्रद जारी भएसँगै कम्पनीको चुक्ता पूँजी ९७ करोड रुपैयाँभन्दा बढी पुग्नेछ । बीमा समितिले निर्जीवन बीमा कम्पनीको चूक्ता पूँजी १ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएको छ । आईएमई जनरलको हकप्रद जारीसँगै बीमा समितिको निर्देशन अनुरुप चुक्ता पूँजी पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्