Logo

दशैंलाई हुण्डाईको यस्तो योजना, राजमार्गका विभिन्न स्थानमा ‘फ्रि चेकअप पोइन्ट’

दशैंलाई हुण्डाईको यस्तो योजना, राजमार्गका विभिन्न स्थानमा ‘फ्रि चेकअप पोइन्ट’


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपालको लागि हुण्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले ‘हुण्डाई एसुरेन्स’ गाडिहरुको लागि फ्रि चेक अप क्याम्प आयोजना गरेको छ । यस कार्यक्रम अन्तर्गत कम्पनीले आफ्ना ग्राहक वर्गको लागि राजमार्गका विभिन्न स्थानहरुमा हुण्डाई गाडीको फ्रि चेक अप क्याम्प स्थापना गरेको छ दसैंमा आफ्नो परिवारजन तथा इस्टमित्रहरुसँग मनाउने हेतुले आफ्नो हुण्डाई गाडीमा घर फर्कदै गरेका ग्राहकहरुलाई लक्षित गरी आयोजना गरिएको हो ।

यस फ्रि चेक अप क्याम्प मा ग्राहकहरुले गाडीको फ्रि चेक अप क्याम्प गराउनुको साथै आवश्यक लुब्रिकेन्ट तथा कूलान्टको मात्रा कम भएमा कम्पनीले निस्शुल्क थप गरिदिने व्यवस्था पनि गरेको छ ।

योजना अन्तर्गत कम्पनीले राजमार्गका विभिन्न स्थानबिर्तामोड ९काँकड्भित्ता), इटहरी (मिलन चोक), हेटौडा (बैंक रोड), सिद्धार्थ रिसोर्ट (चुम्लिङ्गटार, कुरिनटारबाट ५ कि.मी. उत्तरतर्फ), भरतपुर (बाल मन्दिर चोक), चौराहा (बुटवल), कोहलपुर चोक, धनगढी रोड (अतरिया)फ्रि चेक अप क्याम्प पोइन्ट को स्थापना गरीेएको छ ।

यसका साथै ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै राजमार्गको चेक पोइन्टहरुको २० किलोमिटर दुरीेसम्म रोडसाइड एसिसटेन्टको पनि व्यवस्था गरीेएको छ । यो कार्यक्रम असोज ९ देखी १२ गते सम्म बिहान १० बजे देखी साँझ ६ बजे सम्म सञ्चालन हुने कमपनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्