Logo

सिटीको ट्रान्सफर उत्सव एक्स्प्रेस योजनाको विजेता घोषणा, चिराकुमारीले पाइन मोबाइल

सिटीको ट्रान्सफर उत्सव एक्स्प्रेस योजनाको विजेता घोषणा, चिराकुमारीले पाइन मोबाइल


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिटी एक्स्प्रेस मनी ट्रान्सफरले उत्सव एक्स्प्रेस योजनाको दोस्रो साताको बिजेताहरु घोषणा गरेको छ । कम्पनीले इलेक्ट्रोनिक लक्की ड्र मार्फत बिजेताहरुलाई चाँदीका सिक्का तथा ओप्पो फोन विजेताको घोषणा गरेको हो ।

जस अनुसार प्रेमबहादुर आले मगर, ललिता राई, लोकराज शर्मा, रामप्रीत केवत, शोभा थापा मगर, अनुजा भट्टराई, समझना ढकाल, सुनिता महर्जनले चाँदीका सिक्का जितेका छन् भने छनोट भएका छन् भने चिराकुमारी शर्माले ओप्पो मोबाइल जितेकी छिन् ।

सिटी एक्स्प्रेसले नेपालीको महान चाड दशैं तिहार र छठलार्र्ई लक्षित गर्दै आफ्नो उपहार योजना सञ्चालनमा ल्याएको थियो । कम्पनीले यस पटक आफ्ना उपभोक्ताहरुका लागि ९० दिन सम्म चल्ने उपहार योजना सार्वजनिक गरेको छ ।

सिटी एक्स्प्रेसको उपहार योजना अन्तर्गत दैनिक एक तोला चाँदीका सिक्का, क्याप, टी सर्ट र किरिङ उपहार जित्न सकिनेछ । त्यसैगरी साप्ताहिक योजना अन्तरगत एक जना विजेताले ओप्पो मोबाइल र हरेक महिना एक जनालाई एलजी रेफ्रिजिरेटर प्रदान गरिने छ ।

उपहार योजनाको अन्त्यमा एक जनालाई बम्पर उपहार अन्तरगत रेनौल्टकोे क्विड आरएक्सएल कार प्रदान गरिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
MBL