Logo

दशैमा ललितपुर मोबाइल कम्प्लेक्सको नयाँ योजना, सस्तो मूल्यमा फोन विक्री

दशैमा ललितपुर मोबाइल कम्प्लेक्सको नयाँ योजना, सस्तो मूल्यमा फोन विक्री


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ललितपुर मोबाइल कम्प्लेक्सले ग्राहकहरुलाई सूपथ मूल्यमा फोन दिने योजना ल्याएको छ । ललितपुर मोबाइल एक्स्पो २०७४ को समापनसँगै नयाँ योजना सार्वजनिक गरेको हो ।

कम्प्लेक्सले बजारको विश्वासनियता बढाउन र ग्राहकहरुलाई नियमितरुपमा आउने वातावरण बनाउनका लागि नाफारहित मूल्यमा मोबाइल बेच्ने योजना ल्याएको हो ।

कार्तिक १५ गतेसम्मका लागि कम्पनीले प्राप्त गर्ने नाफाको मूल्य घटाई सूपथ मूल्यमा मोबाइल बिक्री गर्ने जानकारी दिएको छ ।

योजना अवधिभर कम्प्लेक्सले अधिकतम मूल्य एमआरपीमा बिक्रेताले पाउने नाफाको मूल्य घटाएर नै ग्राहकहरुलाई फोन बिक्री गर्नेछ ।

यसले गर्दा ग्राहकहरुले निकै सस्तो मूल्यमा चाहेअनुसारको फोन किन्न सक्नेछन् ।‘ योजना अवधिभरमा मोबाइल फोनमा हामीले पाउने नाफाको रकम घटाएर मोबाइल बिक्री गरिनेछ,’ अध्यक्ष पुरुषोत्तम बस्नेतले बताए ।

यस्तो प्रकारको योजना नेपालमा नै पहिलो पटक ललितपुर मोबाइल कम्प्लेक्सले ल्याएको दाबी उनको छ । योजना अवधिभर ग्राहकहरुले कुनै पनि ब्राण्ड र मोडलका मोबाइल फोनहरु सूपथ मूल्यमा खरिद गर्न सकिनेछ ।
कम्प्लेक्समा एकै पटक ४ हजारदेखि ५ हजार ग्राहकले सुविधा प्राप्त गर्न सक्दछन् । ललितपुर मलको दोस्रो तल्लामा ४० भन्दा बढि मोबाइल शोरुम तथा आधिकारीक सर्भिस सेन्टर संचालनमा छन् ।

कम्प्लेक्समा ह्वावे, जियोनी, सामसुंग, कलर्स, आईफोन, एचटिसी, नोकिया, वानप्लस, लाभा, डिटिसी, कलर्सलगायत ब्राण्डका फोनहरु उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL