काठमाडौं । नेपाल आयल निगमले दशै, तिहार, छठजस्ता चाडपर्वको अवधिभर पेट्रोलियमको मूल्य नबढाउने भएको छ ।
निगमले बिहिबार एक सुचना प्रकाशित गर्दै अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य वृद्धि भएपनि तत्काल भने नेपालमा नबढाइने जनाएको हो । चाडपर्वको समयमा नेपालीलाई राहत होस भन्ने उद्देश्यले विदेशमा मूल्य बढीरहेपनि यहाँ त्यसलाई कायम नगरिने जानकारी दिएको छ ।
निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि हुँदा असर देखिएपनि छठसम्म हालकै मूल्य रहने उल्लेख गरेको छ ।