Logo

नेपाल भित्रिए तीन नयाँ मोबाइल ब्राण्ड, एक सय दिनसम्म सट्टापट्टाको सुविधा

नेपाल भित्रिए तीन नयाँ मोबाइल ब्राण्ड, एक सय दिनसम्म सट्टापट्टाको सुविधा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मोबाइल उत्पादक ट्रान्सन होल्डिङले नेपालमा टेक्नो, आइटेल र ओराइमो ब्राण्डका मोबाइलको बिक्रि सुरु गरेको छ । नेपालस्थित आधिकारीक वितरक महालक्ष्मी मोबाइलले बुधबार एक कार्यक्रमको आयोजना गरेर नयाँ ब्राण्ड बजार भित्रिएको घोषणा गरेको हो ।

नयाँ मोबाइल सार्वजनिक कार्यक्रममा ट्रान्सन होल्डिङका नेपाल प्रमुख मार्को माले नेपाली ग्राहकको चाहना अनुसार मोबाइल उपलब्ध गराइएको बताए । त्यस्तै महालक्ष्मी मोबाइलका महाप्रबन्धक सन्तोष भण्डारीले विभिन्न सेवा सुविधा थप गर्दै मोबाइल उपलब्ध गराइने जानकारी दिए । त्यस्तै उनले आगामी दिनमा पनि नेपालमा मोबाइल विस्तारको योजना रहेको बताए ।

कम्पनीका अनुसार बिक्रि सुरु गरिएका मोबाइलमध्य ओराइमो मोबाइलमा एक बर्ष, टेक्नोमा १३ महिना र आइटेलमा एक बर्षको वारेण्टी बाहेक एक सय दिनसम्म सट्टापट्टा गर्न सकिने सुविधा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्