काठमाडौं । १५औं हस्तकला ब्यापार मेला तथा १३औ प्रतियोगितात्मक हस्तकला प्रर्दशनी मंसिर १ गते देखि हुने भएको छ । ५ गते सम्मचल्ने मेला भृकुटीमण्डपको प्रदर्शनी हलमा आयोजना हुन लागेको हो ।
नेपाल हस्तकला महासंघको आयोजना र नेपाल सरकार वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको सहयोगमा वार्षिक कयालेन्डर इभेन्टको रुपमा महासंघले मेला आयोजना गर्दै आएको छ ।
मेलामा ६ प्याभिलियन सहित २५० स्टल रहने छन् । मेलामा धातु मूर्तिकला तथा धातुजन्य सामान, चाँदीका गरगहना तथा सामान, पश्मिना, सूती एवं ढाकाका सामान, हाते कागजका सामान, काष्ठकला, ऊनीलगायत राखिने छ ।
त्यस्तै नेपालमा उत्पादित उपयोग्य अन्य वस्तुको छुट्टै ‘मेड इन नेपाल’ नामक प्रदर्शनी पनि संचालन गरिने छ । मेलामा अन्तर्राष्ट्रिय सहभागीको रुपमा भारत, पाकिस्तान, बंगलादेश, चीन, भूटान आदि मुलुकहरुबाट उद्यमी व्यवसायीहरुको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।