Logo

प्राइम स्टोरले ल्यायो दशैं विशेष योजना, हरेक मोबाइल खरिदमा उपहार

प्राइम स्टोरले ल्यायो दशैं विशेष योजना, हरेक मोबाइल खरिदमा उपहार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ललितपुर, पुल्चोकको दमकल चोकस्थित प्राइम स्टोरले चाडपर्वको अवसर पारेर ‘दसैंको बहार, सस्तो मूल्यमा मोबाइल, साथमा उपहारै उपहार’ ग्राहकलक्षित प्रवद्र्धन योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत ग्राहकले हरेक मोबाइल सेट खरिदमा निःशुल्क उपहार पाउने स्टोर सञ्चालक सागर गौतमले जानकारी दिए ।

निःशुल्क उपहारमा हेडफोन, सेल्फी स्टिक, स्पिकर, सिम कार्ड, रिचार्ज कार्डलगायत छन् । प्राइम स्टारेमा मोबाइल किन्दा उपहारका अलावा मूल्य पनि उचित हुने र जेनुइन सामानको ग्यारेन्टी हुने गौतमको भनाइ छ । ‘हामी बिक्रीपछिको सेवा पनि उपलब्ध गराउँछौं,’ गौतम भन्नुहुन्छ, ‘हाम्रो उद्देश्य गुणस्तरीय सामान उपलब्ध हुने ठाउँको रुपमा प्राइम स्टोरलाई चिनाउनु हो ।’
प्राइम स्टोर ललितपुरकै सबैभन्दा ठूलो मल्टीब्रान्ड मोबाइल सोरुमको रुपमा दुई वर्षअघि स्थापना भएको हो । यसले विश्वविख्यात ब्रान्डहरु सामसुङ, ह्वावे, एमआई, ओप्पो, वनप्लस, जिओनी, सोनी, नोकिया लगायत ब्रान्डको कारोबार गर्छ ।

सञ्चालक गौतमका अनुसार प्राइम स्टोरमा सबै जसो विश्वप्रशिद्ध ब्रान्डका मोबाइल सेट र एसेसरिज उपलब्ध छन् । प्राइम स्टोरले ब्रान्डेड सामान मात्र बिक्री गर्ने हुँदा यहाँ किनेको मोबाइलको मर्मतसम्भार, वारेन्टी जस्ता सुविधा कम्पनीका जुनसुकै सर्भिस सेन्टरबाट लिन सकिने गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्