Logo

एलपी ग्यास उद्योग संघमा गोकुल भण्डारी, १६ सदस्यीय कार्यसमिति चयन

एलपी ग्यास उद्योग संघमा गोकुल भण्डारी, १६ सदस्यीय कार्यसमिति चयन


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा गोकुल भण्डारी निर्विरोध चयन भएका छन् । संघको हालै भएको साधारणसभाबाट उनी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा कुशकुमार मल्ली, उपाध्यक्षद्धयमा मार्स प्रसाई र शंकर श्रेष्ठ चयन भएका छन् भने महासचिवमा दिवान चन्द, कोषाध्यक्षमा कृष्णभक्त श्रेष्ठ र सचिवमा लक्ष्मीप्रसाद महर्जन चयन भएका छन् ।

संघको सदस्यहरुमा मनोजकुमार दास, आदित्य पराजुली, धर्मराज बर्तौला, राजकुमार सिन्धी, लोकहर्ष शाक्य, नरेन्द्रकुमार, श्याम बुढाथोकी, जितबहादुर कार्की, आशिष जाजोदिया चयन भएका छन् ।

सल्लाहाकार सदस्यमा हरिप्रसाद पाठक, सावरमल अग्रवाल, विजयहरि शर्मा, रामचन्द्र संघाई, रुद्रप्रसाद कोइराला, सुरेन्द्रराज पौडेल र कृष्णकुमार श्रेष्ठ चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL