Logo

उपभोक्ता ठग्दै ब्राण्डेड स्टोर, दरबारमार्गका ४ स्टोरमा सिलबन्दी

उपभोक्ता ठग्दै ब्राण्डेड स्टोर, दरबारमार्गका ४ स्टोरमा सिलबन्दी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चाडवाडको अवसर पारेर दरबारमार्गका ब्राण्डेड स्टोरले आफुखुशी मूल्य राखेर सामान बेचेपछि सरकारले छापा पारेको छ । दरबारमार्गका ब्राण्डेड स्टोरले वास्तविक मूल्यभन्दा ११ गुणा बढी मुल्य लिएको भेटिएपछि अनुगमन टोलीले छापा मारेको हो ।

आज आपूर्ति मन्त्री शिबकुमार मण्डल सहितको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित सरक्षण विभागले गरेको अनुगमनमा लत्ताकपडामा ११ गुणाभन्दा बढी मूल्य लिएको पाइएपछि त्यस्ता स्टोरमा छापा पारेको हो ।

अनुगमन टोलीले दरबारमार्गमा रहेको ४ वटा ब्राण्डेड स्टोरमा सिलबन्दी गरेको विभागका महानिर्देशक कुमार दाहालले बताए । जसमा पुमा, नाइके, बिन्टले र स्टोर वान परेका छन् । ‘अनुगमनको क्रममा १ हजार पर्ने कपडा ४ देखी ५ हजार, २४ सय रुपैया पर्ने जुत्ताहरु २७ हजार रुपैयाँसम्म लिने गरेको पाइयो,’ उनले भने, ‘त्यस्ता स्टोरहरुले बिलबिजक पनि जारी नगरी सामान बिक्री गरेका छन् ।’

अनुगमनमा सहभागी विभागका महानिर्देशक कुमार दाहालले भने, ‘धेरै बिकृती देखिएकाले चार वटैमा शिलबन्दी गरेका छौ ।’ व्यवसायीलाई सम्पूर्ण कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ । सबै कागजात नभेटिए छानबिन गरी मुद्दा दायर गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL